Connect with us
Kapilvast Forest

प्रिन्सको अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहोरो जित

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल दुवईमा जारी दुवई जुनियर ईन्टरनेशनल सेरिज–२०१९ मा बिहीबार पुरुष एकल र मिश्रित जोडी दुबैतर्फ जित निकाल्न सफल भएका छन् । अघिल्लो संस्करण्का विजेता प्रिन्सले यु–१९ को एकल खेलको दोस्रो चरणमा दुवईका भर्नूकार्तिक भारथी मोहनलाई पराजित गरेका हुन् ।

दोस्रो वरियतामा रहेका प्रिन्सले पहिलो चरणमा वाई पाउँदै दोस्रो चरण प्रवेश गरेका थिए । प्रिन्सले विना वरियताका मोहनलाई २१–८, २१–१५ले पराजित गरेका हुन् । अब उनले तेश्रो चरणमा दुवईका कृष्णकुमार कौशिकसँग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै दाहाल मिश्रित जोडीमा पनि विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेका छन् । दाहालले दुवईमा बसोबास गर्दै आएकी नेपाल महेन्द्रनगरकी सानिया चन्दसँग मिलेर दुवईका नभान नजिव र कारोलिन कोल्कुहोओनलाई २१-१४, २१-१७ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपिएफका दिपेश धामी आ–आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै योनेक्स सनराईज नवौं पुष्पलाल स्मृति ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

तामाङले पुलिसका सुनिल जोशीलाई २१–१०, २१–१३ ले पराजित गरे । अब उनले फाइनल प्रवेशका लागि सेनाकै नविन श्रेष्ठको सामना गर्ने भएका छन् ।

महिलातर्फ पहिलो चरणमा भोजपुरकी सीता राई र लोकतमा राईको जोडीले विजयी शुरुआत गरेका छन् । राईको जोडीले रुपन्देहीका सुन्दरी थारु र पूजा विष्टलाई २१–१९, २१–१९ ले पराजित गरे ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल खुल्लातर्फ जेष्ठ ब्याडमिन्टन एकेडेमीकी मनिषा खड्काले सुर्खेतकी पुष्पा शाहीलाई २३–११, २१–१५ ले पन्छाउँदै सेमिफाइनल यात्रा तय गरिन ।

भेट्रान्स जोडीतर्फ सेनाका सुभाष श्रेष्ठ र रुद्र थिङ्गको जोडी सेमिफाईनलको यात्रा तय गर्न सफल भए । यस्तै अन्य जोडीमा इलामका दर्शन भक्तराज र सञ्जय भक्तराज, धनकुटाकी किरण प्रधान र योगश्वर श्रेष्ठ तथा पाल्पाका वीरेन्दसिंह विष्ट र महेश बज्राचार्यको जोडी पनि सेमिफाईनल प्रवेश गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu