Connect with us
Kapilvast Forest

‘रातो टीका निधारमा’को शीर्ष गीत सार्वजनिक

२०७६, २७ भाद्र शुक्रबारमा प्रकाशित

काठमाडौं । कलाकार तथा निर्देशक अशोक शर्माको चलचित्र ‘रातो टीका निधारमा’ को टाइटल सङ्ग शुक्रबार सार्वजनिक गरिएको छ । , शम्भुजित बास्कोटाको संगीत तथा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अंकित शर्मा तथा साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड छन् । यो पुरानो चलचित्र अल्लारेमा समावेश चर्चित गीतलाई रि–मइेक गरिएको हो ।

पुरानो चलचित्र “अल्लारे“ मा समावेश रातो टिका निधारमा…मा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर फिचर्ड थिए । दयाराम दहालको शब्द , शम्भुजित बास्कोटाको संगीत तथा उमेश पाण्डे र रमना श्रेष्ठको स्वर रहेको थियो । कर्माले सोही चर्चित गीतको लाइनबाट चलचित्रको नाम जुराएका हुन् । ‘रातो टीका निधारमा’ को, मेरो माया के हो… बोलको पहिलो गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

चलचित्रमा शर्माका छोरा अंकित र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य अभिनय रहेको छ । साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाल लगायतको अभिनय रहेको छ । चलचित्रलाई निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले निर्माण गरेका हुन् । ‘रातो टीका निधारमा’ असोज १० गतेबाट सिनेमा हलमा प्रदर्शनमा आउनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu