Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा सुविधासम्पन्न अस्पतालको अभाव

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीमा एउटा पनि सुविधासम्पन्न अस्पताल नहुँदा जिल्लाबासी समस्यामा परेका छन् ।

तीन दशकअघि स्थापना भएको जिल्ला अस्पतालमा सेवासुविधा थपिन नसक्दा सामान्य बिरामी पर्दा पनि जिल्लाबाहिर जानुपर्ने बाध्यता छ ।

अर्घाखाँचीमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या ह्वात्तै बढेको छ । जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा कतिपय बिरामीहरु अन्यत्रै जानुपर्ने छ ।

अहिले जिल्ला अस्पतालको ओपिडीमा दैनिक १ सय ५० देखि २ सयभन्दा बढी र इमरजेन्सी कक्षमा ५० देखि एक सय जना बिरामी आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले जानकारी दिए ।

बिरामीको यो संख्या पहिलेको तुलनामा झण्डै चार गुणाले बढी हो । तर गुणस्तरीय स्वास्थ्य सुविधाबाट सेवाग्राही वञ्जित छन् ।

स्थापना भएको ३० वर्ष बितिसक्दा पनि जिल्ला अस्पतालमा सेवासुविधा थपिन सकेका छैनन् ।

अस्पतालका मेसिन र औजार पनि पुराना र कम गुणस्तरका छन् । सामान्य विरामी हुँदा पनि अस्पतालले रिफर गरिदिने भएकाले अन्यत्रै जानुपर्ने बाध्यता रहेको सेवाग्राहीको गुनासो छ ।

चुनावको बेला नेताहरुले ५० शैयाको अस्पताल बनाइदिने भने प्रतिबद्धता जनाए पनि अहिलेसम्म यहाँको समस्या सम्बोधन गर्न नसकेको स्थानीय रामचन्द्र पोखरेलको गुनासो छ ।

जिल्लाको सबैभन्दा ठूलो भनिएको अस्पतालमा ब्लड बैक पनि छैन । त्यस्तै एक्सरे मेसिन पनि पुरानो र सादा छ ।

सुविधासम्पन्न अस्पताल नहुँदा बुटवल, पाल्पा, काठमाडौलगायतका स्थानमा गएर उपचार गर्नुपर्ने बाध्यतामा जिल्लाबासी गुज्रिएका छन् ।५० शैयाको अस्पताल निर्माणका लागि राजनितिक नेतृत्वबाट उचित सहयोग नहुँदा फाइल मन्त्रालयमै रोकिएकाले काममा अवरोध भएको भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu