Connect with us
Kapilvast Forest

कृष्णनगर खुला दिसामुक्त नगर घोषणा

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

  • सनिउल्ला धोबी, भदौ २९ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका एक समारोह विच खुला दिसा मुक्त नगर घोषणा गरिएको छ । कपिलवस्तु जिल्लालाई नै यही भदौं ३१ गते पुर्ण खुला दिशा मुक्त घोषणा गर्ने लक्ष्य अनुरुप कृष्णनगरलाई खुला दिसामुक्त घोषणा गरिएको हो । कपिलवस्तुको अन्य स्थानिय तह धमाधम खुला दिशा मुक्त घोषणा भएका छन ।

घोषण सभालाई सम्बोधन गर्दै पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले घर घरमा बनाएको शौचालय प्रयोग गर्न अग्रह गर्नु भयो । आफनो आनीबानीमा परिर्वतन गरी आफु र परिवार स्वास्थ्य हुने उहाले बताउनु भयो ।  पुर्व सिचाई राज्य मन्त्री आचार्यले कृष्णनगरवासीको यो ऐतिहासिक सफलता भएकोले सबैलाई सरसफाईमा ध्यान दिन अनुरोध गर्नु भयो । झै पनि हामी शौचालयमा दिसापिसाव गर्नु पर्छ भनेर सम्झाउदा बुझाउदा हामी कती पछी परेको भन्ने कुराको पुष्टी गरेको भन्दै सरसफाईमा सचेत रहनु पर्ने अवास्था रहेको बताउनु भयो ।


खुला दिसामुक्त नगर घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका सभापति नारायण खनालले हालसम्म कृष्णनगर सहित कुल ९ वटा स्थानीय तह खुला दिशा मुक्त भईसकेको र भदौं ३० गते सबभन्दा जेठो कपिलवस्तु नगरपालिकालाई घोषणा गर्ने कार्यक्रम पछि जिल्ला घोषणा गरिने जानकारी दिनुभयो ।
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले वडा नम्बर १, ४ र १२ लाई समेटेर आजै नगरपालिकालाई खुला दिशा मुक्त गरीए सगै ऐतिहासिक सफल्ता प्राप्त गरेको बताउनु भयो । साथै नगर प्रमुखले आगामी दिनमा पुर्ण सरसफाई युक्त नगर बनाउन आफु र सम्पुर्ण नगरपालिका परिवारलाई सहयोग गर्न अग्रह गर्नु भयो ।
अब गाउंघरमा छिटपुट छुटेका चर्पी बनाउन र त्यसको प्रयोगमा पनि विशेष ध्यान दिनु आवश्यक रहेको युनिसेफ, सुआहरा लगायतका सहयोगी संस्थाहरुको सहयोगले कार्यक्रम सफल भएको नगर प्रमुख शाहले बताउनु भयो ।  उक्त कार्यक्रम कृष्णनगरका नगरप्रमुख रजत प्रताप शाहको अध्यक्षता पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकालाई खुला दिशा मुक्त घोषणा गरिएको हो ।

उक्त कार्यक्रममा पुर्व राज्यसभा सदस्य डा.रुद्र प्रताप शाह, नगर उपप्रमुख सबनम खातुन,न गरपालिका भित्रका शाखा प्रमुख लगायत कर्मचारीहरु, समाजसेवी शैलेष प्रताप शाह, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता , समाजसेवी तथा नेता सुशील श्रीवास्तव, जावेद खां, व्यवसायी नन्दकिशोर शर्मा, जितेन्द्र गोयल, अशोक अग्रहरी लगायत विभिन्न विद्यालयका प्रतिनिधि सुरक्षा निकाय तथा अन्य संघ संस्थाका प्रतिनिधिको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu