Connect with us
Kapilvast Forest

विजयनगरमा वाल दिवस मनाइयो

२०७६, २९ भाद्र आईतवारमा प्रकाशित

कपिलवस्तु, भदौँ २९

सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ विजयनगर गाउपालीकाले हरिबोध आधारभुत प्राथमिक विधालयमा भव्यताका साथ बाल दिवस मनाइएको छ । गाउपालिकाले बाल अधिकारको विषयमा वक्तृत्वकला र लोक नृत्य प्रतियोगीता आयोजना गरेर बाल दिवस २०७६ सम्पन्न गरेको छ ।

कार्यक्रममा विजयनगर गाउपालिका भित्रका माध्यमिक विध्यालय तहका ५ निम्न माध्यमिक तहका १० र प्राथमिक तहका ११ विध्यालय सहभागि भएका थिए र प्रत्येक विध्यालयबाट २÷२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कंडेलको अध्यक्षता विजयनगर गाउपालिका उप प्रमुख लक्ष्मी कुमारी चौधरीको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रममा वक्तृत्वकला प्रतियोगीता तर्फबाट माध्यामिकतहबाट प्रथम लौटन राम द्रौपती मा.वीका छात्र अरुण कुमार चौधरी दृतीय तर्फ दुधाधारी मा.वीकी छात्रा उमा सुनार र तृतीयमा नेपाल तारा मा. वीकी छात्रा सबिना सुनार त्यस्तै नि.मा.वि. तहबाट प्रथममा नेपाल तारा मा.विकी विपना काफ्ले द्धितीयमा आधारभुत विद्यालय नेवलागञ्जका छात्र विजय चौधरी तृतिय स्थान लौटन राम द्रोपदी देवीकी सुनिता चौधरी सफल हुनु भएको छ ।

लोक तथा नृत्यतर्फ प्रावि तहमा प्रथम पारा माउण्ट एकेडमी दोस्रोमा हरिबोध आधारभुत विद्यालय र तेस्रोमा नेपाल तारा मा.वि विजेता भएका छन । कार्यक्रम सञ्चालन शिक्षातर्फबाट शिवराज सुवेदीले गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu