Connect with us
Kapilvast Forest

प्लाजा ‘ए’ लाई उपाधि

२०७६, ३ आश्विन शुक्रबारमा प्रकाशित

आयोजक सोल्टी क्राउन प्लाजा ‘ए’ ले बिहीबार सोल्टी सेलेब्रेसन इन्टरहोटल फुटसल प्रतियोगिताको उपाधि जितेको छ। कुमारी फुटसल पकनाजोलमा भएको फाइनल खेलमा सोल्टीले र्याडिसन होटललाई ७–२ गोलले पराजित गर्दै उपाधि जितेको हो।

सोल्टी सेलिब्रेसन कपको नाम दिइएको प्रतियोगितामा आयोजकका दुई टोलीसहित १० होटलले सहभागिता थियो। अघिल्ला वर्षमा झैँ सोल्टी क्राउन प्लाजाले यस वर्ष पनि आत्मीयता र भाइचाराका माध्यमले सम्बन्ध सुधार गर्ने उद्देश्यसहित अन्तरहोटल फुटसल प्रतियोगिता आयोजना गरेको हो।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भएको एकदिने प्रतियोगितामा द्वारिका होटल, साङ्ग्रिला होटल, याक एन्ड यती होटल, काठमाडौं म्यारिओट होटल, अक्मा होटल, होटल र्याडिसन, अन्नपूर्ण होटल, पार्क भिलेज र सोल्टी क्राउन प्लाजा काठमाडौंका दुई टोलीले सहभागिता थियो।

प्रतियोगिताको विजेता सोल्टीले नगद २ लाख रुपियाँ हात पार्दा उपविजेता र्याडिसनले नगद १ लाख तथा तेस्रो स्थानको अकिमा होटलले ५० हजार हात पार्यो। अकिमा होटलका गणेश खड्का र र्याडिसनका दीपेश केसीले समान १० गोलका साथ सर्वाधिक गोलकर्ता बन्दै नगद १० हजार हात पारे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu