Connect with us
Kapilvast Forest

चाडपर्व नजिकैदै गर्दा चन्द्रौटा हाट बजारको अनुगमन

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

  • दिपक के.सी. कपिलवस्तु असोज ८,

कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा विगत लामो समय देखि साप्ताहिक रुपमा लाग्दै आएको बुधबारे हाटबजारको बुधबार अनुगमन गरिएको छ । नगरपालिका , इलाका प्रशासन, वडा प्रहरी, उद्योग वाणिज्य संघ,व्यापार संग लगायतको संयुक्त टोलीले बुधबार बजार अनुगमन गरेको हो ।

हाट बजार अनुगमनका क्रममा खुल्ला रुपमा अव्यवस्थित तवरले खाद्य वस्तु बेच्न राखेको पाइएको छ । खुल्ला रुपमा मिठाइ जन्य खाद्यबस्तु बेच्न राखेको भेटिए पछि खाद्यबस्तु ढाकेर स्वस्थकर रुपमा बेच्न नगर उपप्रमुख शिवकुमारी चौधरीले व्यापारीलाई चेतवानी दिइन । अर्को पटक यस्तै खुल्ला रुपमा भेटिए सबै सामान जफत गरिने समेत उनले जनाइन ।

स्थानिय कृषि उपजलाई बिक्रि वितरण गर्नको लागी हाट बजारको व्यवस्थापन र संचालनको जिम्मा नगरपालिकालाई रहेको छ । हरेक हप्ता हजारौं उपभोक्ताले खाद्य सामाग्री लगायतका अन्य आवश्य सामानहरु यहि हाट बजारबाट खरिद गरेर लैजाने गर्दछन । यसरी खुल्ला रुपमा मिठाइ जन्य खाद्य सामाग्रीले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने हुनाले ढाकेर बेच्न व्यापारीलाई पहिलो चरणमा सुझाव दिइएको प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालले बताए । बजार अनुगमन गर्दै इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख अमरराज शर्माले मिठाइ लगायतका खाद्यवस्तु ढाकेर बेच्न सुझाव दिए ।

अर्को पटक यस्तै खुल्ला रुपमा बेच्न राखेको पाइए सामाग्री जफत गरिने उनले बताए । खुल्ला रुपमा झिगाँ भन्किएका मासुहरुमा जाली र सिसा लगाउन यस पटक चेतावनी दिएका छौ, कार्यन्वयन भएन भने कार्वाहि गर्नेछौ प्रमुख अर्यालले भने । चन्द्रौटा हाट बजारको अनुगमनमा चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष इश्वरी पाण्डे, व्यापार संघ कपिलवस्तुका महादेव पोखरेल , नगरपालिका अधिकृत प्रमोद खनाल, स्वास्थ्य शाखाका प्रमोद ज्ञवाली, वडा प्रहरी कार्यालय चन्द्रौटा प्रमुख मोतिलाल योन्जन , संचार कर्मि लगायतको टोलीले बजार अनुगमन गरेको हो । बजार व्यवस्थित र स्वस्थकर खाद्य सामाग्री विक्रि वितरणका लागी सर्वपक्षिय छलफल गरिने उप प्रमुख शिव कुमारी थारुले बताइन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu