Connect with us
Kapilvast Forest

हराएका १५ थान मोवाइल फेला

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

माधव बेल्वासे

कपिलवस्तु । वडा प्रहरी कार्यलय चन्दौटाले २ वर्ष यता हराएका १५ थान मोवाईल गत एक हप्ता भित्र फेला पारेको छ । शिवराज नगरपालिका तथा आसपास क्षेत्रका स्थानियहको विभिन्न समयमा हराएका मोवाईल प्रहरी टोलीले फेला परेको हो ।

मोवाईल हराएपछी प्रहरी कार्यलयमा निवेदन दिएकाहरुको मावाईल आइ एम ई आई कोड मार्फत पत्ता लगाई कपिलवस्तु,रुपन्देही दाङ लगाएत अन्य क्षेत्र वाट वरामद गरिएको प्रहरी निरिक्षक मोतिलाल योञ्जनले बताए ।

शिवराज नगरपालिका ५ चन्द्रौटाका लंक हमालको पकडीमा,प्रभुनाथ कुर्मीको पिपरीमा,राम बहादुर भण्डारीको शिवराज ५ चन्द्रौटमा,घरश्याम बेल्वासेको कुशहवामा,वालकिशन चौधरीको दाङमा,बिरेन्द्र चौकरीको सैनामैना,मसव खानको बिसनपुरमा,विशाल सुवेदीको पनि विसनपुरमा फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै सिता थारुको शिवराज नगरपालिका ६ मा ,रवि चौधरीको वुद्धभुमी नगरपालिका ४ मा ,रामसेवक लोनियाको चितवन,विष्णुमाया चौधरीको,विरपुर,शान्ता बाकवालको शिवपुर,राम बहादुर रोकाको वाणगंगा नगरपालिका ८ मा र राजु चौहानको दाङ गढवा फेला परेको हो ।

विगत एक वर्ष पहिले मोवाईल हराएको र प्रहरीकोमा खोजिदिन निवेदन दिएपछी अहिले फेला परेको स्थानिय लंक हमालले वताए । मोवाईल हराउदा धेरै नम्वर तथा अति आवश्यक सामाग्रीहरु नभएकोले आफुलाई धेरै समस्या भएको उनले जनाए । शिवराज नगरपालिका ५ बस्ने घनश्याम बेल्वासेले मोवाइल हराएपछी आफुले खोज्न धेरै प्रयास गरेको भएपनि भट्टाउन नसकेको वताए । “मोवाईल हराएपछी प्रहरीकोमा निवदेन दिए, केहि दिनमै भेटिएको खवर आयो खुसी लाग्यो” बेल्वासेले भने ।

मोवाईल भेट्टाएर सिम फाल्ने र मोवाईल प्रयोग गर्ने गरेको पाइएको प्रहरी निरिक्षक योञ्जनले वताए । वुधवार प्रहरी कार्यलयमै एक कार्यक्रम आयोजना गरी निरिक्षक योञ्जनले हस्तानतरण गरे । मोवाईल हराएमा तुरुन्त प्रहरी कार्यलयमा जानकारी दिन समेत उनले अपिल गरे ।

हराएको मोवाईलको आइ एम ई आई कोड भएमा प्रहरी सजिलै पत्ता लगाउन सक्ने समेत उनले जनाए । सवै मोवाइल प्रयोगकर्ताहरुले आफ्नो मोवाइलको आइ एम ई आई कोड ८३ण्ट३ डाईल गरि आउने कोड राख्नुपर्ने सुझाव दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu