Connect with us
Kapilvast Forest

इटालियन सिरि ‘ए’ फुटबलको मध्य टोली पर्माको प्रतिस्पर्धात्मक जित

२०७६, १४ आश्विन मंगलवारमा प्रकाशित

इटालियन सिरि ‘ए’ फुटबलको मध्य टोली पर्माले प्रतिस्पर्धात्मक जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा पर्माले टोरिनोलाई ३–२ गोलले हरायो ।

पर्माले खेलको दोस्रो मिनेटमै डेजन कुलुसेभस्कीको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसपछि टोरिनोका किस्टियन अन्साल्डीले १२औं मिनेटमा बराबरी गोल फर्काए । २९औं मिनेटमा टोरिनो १० खेलाडीमा समेभिएको थियो । ब्रेमेर दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए ।

तरपनि टोरिनोले ४३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । पर्माका आन्द्रेय बेलोट्टीले पेनाल्टीको सदुपयोग गरे । पर्माका भिन्सेन्ट लौरिनीले फल खेलेपछि पर्माले पेनाल्टी पाएको हो । टोरिनोको अग्रतापछि जोसिएको पर्माले ४५औं मिनेटमा बराबरी गोल फर्कायो । पर्माका आन्द्रेस कर्नेलियसले बराबरी गोल गरे । ८८औं मिनेटमा रोवर्टो इगलेसेले गोलगर्दै पर्माको जित सुनिश्चित बनाएका थिए ।

जितसँगै ६ खेलबाट नौ अंक बनाएको पर्मा आठौं स्थानमा छ । समान अंक बनाएको टोरिनो नवौं स्थानमा छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानको १८ अंक छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको १६ तथा तेस्रो स्थानमा आसिन एटलान्टाको १३ अंक छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu