Connect with us
Kapilvast Forest

सिंगापुरबाट नेपाली क्रिकेट टोली ओमानतर्फ

२०७६, १६ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं, असोज १६ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुरबाट ओमान जाँदैछ ।

सिंगापुरमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट सिरिजमा आफ्नो खेल सकाएर नेपाली टोली आज ओमानको मस्कट जान लागेको हो । त्रिकोणात्मक शृंखलाअन्तर्गत हिजो नेपाल र सिंगापुरबीचको खेल वर्षाले रद्द भएपछि नेपालको उपाधि जित्ने सम्भावना सकिएको हो ।

सिंगापुरको शृंखला सकाएर नेपाल सिधै ओमान जान लागेको हो । ओमान क्रिकेटले आयोजना गर्ने पाँच राष्ट्रबीचको ट्वेन्टी ट्वेन्टी शृंखलामा आयोजक ओमानसहित नेपाल, आयरल्याण्ड, हङकङ र नेदरल्याण्ड सहभागी हुँदैछन् । शृंखला यही असोज १८ देखि २३ सम्म चल्नेछ । नेपालले पहिलो खेल असोज १९ गते हङकङविरुद्ध खेल्नेछ ।

युएईमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको शृंखला खेलाउन लागेको हो । नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेपछि शृंखलामा सहभागी हुन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu