Connect with us
Kapilvast Forest

आर्सनल विजयी, म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकियो

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं, असोज १७ । युरोपा लिग फुटबलमा आर्सनलले सहज जित हात पार्दा म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।गएराति भएको खेलमा इंग्लिश क्लब आर्सनलले बेल्जियमको स्ट्याण्डर्ड लेईजलाई ४–० ले हरायो । म्यान्चेस्टर युनाईटेड भने नेदरल्याण्ड्सको एजेड अल्कमारसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अर्को इंग्लिश क्लब वुलभरह्याम्पटन वान्डरर्सले गएराति टर्कीको बेसिक्तासलाई १–० ले हराएको छ । युरोपा लिगकै अन्य खेलहरुमा स्पेनको सेभियाले साईप्रसको अपोइल निकोसियालई १–० ले हराउँदा अर्को स्पेनिस क्लब ग्रानाडाले रुसको क्रास्नोदारलाई २–१ ले हरायो ।नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनले नर्वेको रोजेनवर्गलाई ४–१ ले पाखा लगाउँदा पोर्चुगलको स्पोर्टिङ लिस्बनले अष्ट्रियाको लास्क लिन्ज फुटबल क्लबलाई २–१ ले पराजित गर्‍यो ।

गएराति स्कटल्याण्डको सेल्टिक, इटालीको लाजियो, स्विट्जरल्याण्डको योङ ब्वाइज तथा टर्कीको फेयनुर्ड पनि विजयी भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu