Connect with us
Kapilvast Forest

पेरिसस्थित प्रहरी मुख्यालयमा छुरा प्रहार, चार जनाको मृत्यु

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

पेरिस, असोज १७ । फ्रान्सको राजधानी पेरिसको मुख्य भागमा रहेको प्रहरी मुख्यालयमा छुरा प्रहारबाट चार जनाको मृत्यु भएको छ ।

आइटी अफिसरको रुपमा कार्यरत ४५ वर्षीय आक्रमणकारीले तीन जना सरकारी अधिकारी र एक कामदारको छुरा प्रहार गरी हत्या गरेको बिबिसीले जनाएको छ ।घटनामा पाँच जना घाइते भएका छन् । सुरक्षाकर्मीको गोली प्रहारबाट आक्रमणकारीको समेत मृत्यु भएको बताइएको छ ।

अधिकारकर्मीहरुले गरेको हड्ताल नियन्त्रण गरेलगत्तै सरकारी अधिकारीहरुमाथि उक्त हमला भएको हो । उक्त आक्रमणकारीको मनसाय के हो भन्ने स्पष्ट नभएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा आतंकवादी समूहको संलग्ना नभइ आपराधिक गतिविधि भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu