Connect with us
Kapilvast Forest

आफूले हानेको मिसाइल आफ्नै हेलिकोप्टरलाई लागेको भारतद्वारा स्वीकार

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

फाइल तस्वीर ।
नयाँदिल्ली, असोज १७ । गत फेब्रुअरीमा पाकिस्तानसँग कश्मिर विषयमा भएको द्वन्द्वकाक्रममा भारतीय वायुसेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा ६ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलबस आफ्नै हेलिकोप्टरलाई लाग्दा यसमा रहेका चालकदलका सदस्यसहित ६ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ’–वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताएका छन् ।

‘हामी विश्वस्त पार्न चाहन्छौं कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन’–उनले सन्चारकर्मीहरूलाई बताए ।

कश्मिर क्षेत्रमा फेब्रुअरी २७ मा भारतीय हेलिकोप्टर दुर्घटनाग्रस्त भएको थियो ।पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकोप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो ।

उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले कश्मिरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थलसेनाको हत्या गरेपछि भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu