Connect with us
Kapilvast Forest

कपिलवस्तुको महाराजगंजमा शुभकामना आदान,प्रदान

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु असोज १७,

वडादशैँ, शुभ दिपावली, छठको पापन अवसरमा कपिलवस्तुको महाराजगंज नगरपालिकामा शुभकामना आदन प्रदान कार्याक्रम सम्पन्न भएको छ । महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वमा सबैको सुख शन्तीको कामना गर्नु भयो ।

नौदिनसम्म विभिन्न शक्तिपीठ तथा प्रत्येक दिन पूजाअर्चनासहित मनाउने यस पर्वमा उहाले नगरवासीलाई खुसी उमागंका साथ दशै मनाउन आग्रह गर्नु भयो । नेपालीहरुको महान पर्व दशंैको अवसरमा आजदेखि नगरपालिका महाराजगंज बिदा गरिएको छ ।

शुभकामना आदन प्रदान कार्यक्रममा महाराजगंज नगरपालिका उप प्रमुख शुभवती कुर्मी, वडा अध्यक्षहरु शिव प्रसाद बनिया, मोहम्मद हुसेन धुनिया, , शुशिल कुमार चौधरी, छेदी प्रसाद कुर्मी, हेमन्त कुमार चौधरी, अब्दुल समाद मुसलमान, उदयराज चौधरी जगदिश प्रसाद तिवारी लगायतले दशैको शुभाकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै महाराजगंज नगरपालिका लेखा अधिकृत तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलीप सिंह, योजना शाखा प्रमुख निरन्जन पौडेल, प्रशासन शाखा प्रमुख अंशु गुप्ता लगायते शुभकामना मनतव्य राख्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu