Connect with us
Kapilvast Forest

दाङमा ट्रक र बस एक आपसमा ठोक्किदा १२ जना घाइते डाइभर बस भित्रनै फसे

२०७६, १८ आश्विन शनिबारमा प्रकाशित

सागर थापा असोज १८,

दाङको देउखुरीमा शनिवार विहान २ बजेको समयमा बस र ट्रक एक अापसमा ठोक्किएर १२ जना घाइते भएका छन् । पुर्ब पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टीमा पुर्बबाट पश्चिम तर्फ गइरहेको ना १ क ४७९३को ट्रक र पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बा ५ ख ५१८३ नम्बरको बस एक आपसमा ठाेकिएर १२ जना घाइते भएका हुन् ।

गम्भीर घाइते मध्ये बस चालक कैलाली जिल्ला घोडाघोडी नगरपालिका १ निवासी अरूण चाैधरीलाई बुटवल र बसका यात्रु कैलाली जिल्ला गाैरीगंगा नगरपालिका १० निवासी १९ वर्षिय प्रिति चाैधरीलाई कोलपुर रिफर गरिएको छ ।

भने अन्यको राप्ती सेवा पोलिक्लिनिक भालुवाङमा उपचार पछि घर फर्कि सकेको पोलिक्लनिकले जानकारी दिएको छ । ट्रक चालक गाडी भित्रै फसेकाले अहिले उद्दार कार्य भइरहेको छ । अन्य घाइतेलाई ३ घण्टा पछि उद्दार गरिएको जिल्ला प्रहरी कार्यालयले दाङका प्रहरी प्रबक्ता डिएसपी बिनोद बिक्रम शाहले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu