Connect with us
Kapilvast Forest

सांसद पन्थीले कृष्णनगरको बारेमा लेखेपछी…

२०७६, २३ आश्विन बिहीबारमा प्रकाशित

  • सनिउल्ला धोबी, कपिलवस्तु असोज २३,

नेकपा (नेपाल कम्युनिष्ट पाटी) का नेता तथा ५ नं प्रदेश सभा सदस्य विष्णु पन्थीले गएराती करिब २ बजे आफनो फेसबुकमा आफुले भोगेको र देखेको कृष्णनगरको बारेमा पोष्ट गर्नु भएको छ । 

कृष्णनगरको विकासको लागि उहाँले अझै पनि धेरै काम गर्न बाकी रहेको उल्लेख गर्नु भएको छ । कपिलवस्तु कृष्णनगरको चौतार्फी विकासको लागि सकारात्मक हातेमालो गर्नु पर्ने फेसबुकमा उल्लेख भएको छ ।

  कृष्णनगर प्रती उहाँले देखाएको सदासयता देखेर धेरैले शंका उपशंका व्यक्त गर्न थलेका छन । नेकपा( नेपाल कम्युनिष्ट पाटी) का नेता तथा ५ नं प्रदेश सभा सदस्य विष्णु पन्थी एक बैचारिक तथा बौद्धिक नेता भएकोले कृष्णनगरको सकारात्मक विकासको लागि राम्रो लेखेको भनेका छन  ।  केहीले त आगमी निर्वाचनमा विष्णु पन्थी यसै क्षेत्रलाई राजनितिक क्षेत्र बनाउनका लागि यस्तो लेखेको हुन सक्ने अनुमान गरेका छन ।

 सांसद पन्थीले आफनो फेसबुकमा लेखेका छन ………………
२०५६ को निर्वाचनमा म प्रतिनिधि सभा सदस्य पदमा (तत्कालीन क्षेत्र कपिलवस्तु -४) निर्वाचन लडेदेखि पश्चिम् कपिलवस्तु प्रति मेरो जबर्जस्त लगाव र अपनत्व छ । जस्ले मलाई यो लेखाउदै छ । तल पहिलो फोटो गुगल बाट र अरु क्यामेरा बाट लिइएको कपिलवस्तु कृष्णनगरका हुन । सानाे भए पनि उतिबेला राम्रो याेजनामा बनेको कुरा प्रष्ट देख्न सकिन्छ ।

हालसम्म पनि हाम्रो प्रदेशमा खास यति ब्यबस्थित बनाइएको अर्को कुनै शहर छैन । नेपाल भारतको सिमाना यो सहर महेन्द्र राजमार्ग बन्नुपुर्व झण्डेनगरको नामले चिनिन्थ्यो (पश्चिम् कृष्णनगर) र अर्घाखाँची , प्युठान र पश्चिम् उत्तर गुल्मीको समेत प्रमुख बजार थियोे । मेरा बा शिवप्रसाद समेतले झण्डेनगर बाट बजार गरेको भोटो मैले लगाएको र नुन खाएको छु । राणा कालमा सिउराज क्षेत्र भनेर चिनिने यो पश्चिम् कपिलवस्तुको प्रशासनिक तथा आर्थिक केन्द्र र भैरहवा भन्दा महत्त्वपूर्ण थियोे ।

तर आज भने यो धेरै पछि परेको छ । अब कसरी यो गुल्जार हुन्छ ? अहिले पनि यस्ले धेरै संभावना बोकेको छ । ब्रोड्गेजको भारतीय रेल लिक यहीँ छेउ बढनि बजार बाट गएको , २२ करोड बढी जनसंख्या भएको उत्तर प्रदेशको नेपाल पस्ने भैरहवा र नेपालगंज पछिको हाम्रो प्रदेशको महत्त्वपूर्ण नाका, बन्दै गरेको कृष्णनगर चनौटा चारलेनको सडक (प्रदेश सरकारको प्रस्तावित औद्योगिक करिडोर ) , अब छिटै काम सकिने आरटिओ र हुलाकी सडक आदि धेरै कुराले यस्लाइ पर्यटकीय र ब्यापारिक हब बनाउनुपर्छ र बन्छ ।

तर पहिलो काम सफा सुग्घर र चिटिक्क रंग रोगन गर्न स्थानीय सरकार , राजनीतिक दल र तिनका भातृ संस्था , उद्योग बाणिज्य संघ , अन्य सामाजिक संघ संस्था र सबै स्थानीय बासी जनताहरु एक साथमा जागौ लागौं । त्यस क्षेत्रका संघिय तथा प्रदेश माननीय ज्यु को नेतृत्वमा विशेष सफाइ अभियानमा एकदिन म पनि संगै हुनेछु । “हाम्रो कृष्णनगर सफा र राम्रो कृष्णनगर ” ।

(लेख र फोटो सांसद पन्थीको फेसबुकबाट)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu