Connect with us
Kapilvast Forest

नेपाल भिड्न लागेको जोर्डनले कुवेतसित बराबरी खेल्यो, इरान १४–० ले विजयी

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

नेपाल र अष्ट्रेलियाबीचको खेलको दृष्य ।
काठमाडौं, असोज २४ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा जोर्डन र कुवेतले बराबरी खेलेका छन् ।

नेपाल रहेको समूह ‘बी’मा रहेका दुई टोलीले बिहीबार राति गोलरहित बराबरीमा चित्त बुझाएका हुन् ।

यही समूहको खेलमा बिहीबार नेपाललाई अष्ट्रेलियाले ५–० ले हराएको थियो ।

समूहको चौथो खेलमा नेपालले आउँदो मंगलबार जोर्डनसित उसैको मैदानमा खेल्नेछ ।

नेपालले जारी विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको थियो । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो ।

दक्षिण कोरिया ८–० श्रीलंका, इरान १४–० कम्बोडिया

विश्वकप छनोटअन्तर्गत् एसियाली महादेशका अरु खेलहरुमा कतार, दक्षिण कोरिया, जापान, इरान, इराक, चीन, भियतनाम, उज्वेकिस्तान, कीर्गिस्तान, तुर्कमेनिस्तान, सिरिया, ओमान, साउदी अरब र युएई विजयी भएका छन् ।

समूह ‘एच’मा दक्षिण कोरियाले दक्षिण एसियाली टोली श्रीलंकालाई ८–० ले पराजित गर्दा समूह ‘एफ’मा जापानले मंगोलियामाथि ६–० को जित निकाल्यो ।

यसैगरी, समूह ‘डी’मा उज्वेकिस्तानले यमनलाई ५–० ले हराउँदा समूह ‘ए’मा चीनले कमजोर प्रतिद्वन्द्वी ग्वामलाई ७–० ले पराजित गर्‍यो ।

समूह ‘सी’मा इरानले बिहीबार रातिको सबैभन्दा फराकिलो जित निकाल्नेक्रममा कम्बोडियालाई १४–० को गोल अन्तरमा पाखा लगायो ।

यही समूहको अर्को खेलमा इराकले हङकङलाई २–० ले पराजित गर्‍यो ।बिहीबार राति नै समूह ‘ए’मा सिरियाले माल्दिभ्सलाई २–१ ले हरायो । समूह ‘जी’मा युएईले इन्डोनेसियालाई ५–० ले पराजित गर्‍यो ।

समूह ‘ई’मा कतारले बंगलादेशलाई २–० ले, समूह ‘जी’मा भियतनामले मलेसियालाई १–० ले, समूह ‘एफ’मा कीर्गिस्तानले म्यानमारलाई ७–० ले, समूह ‘ई’मा ओमानले अफगानिस्तानलाई ३–० ले, समूह ‘एच’मा लेबनानले तुर्कमेनिस्तानलाई २–१ ले र समूह ‘डी’मा साउदी अरबले सिंगापुरलाई ३–० ले हरायो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu