Connect with us
Kapilvast Forest

राजनीतिक दवावमा नपरी छानबिन गर्न प्रधानन्त्रीको प्रहरीलाई निर्देशन, आरोपितको पेशा र पद नहेर्न सुझाव

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं, असोज २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दबाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ६४ औं प्रहरी दिवसको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ । कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न ।’

जुनसुकै आरोपमा पक्राउ परेका ब्यक्ति भएपनि उसको पद र पेशा नहेरी दत्तचित्त भएर अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको निर्देशन थियो ।

नेपालको सुरक्षा निकाय अन्तर्राष्ट्रियस्तरमै आफनो छबी कायम राख्न सफल भएको दावी पनि उनले गरे । प्रधानमन्त्री ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

हिंसाका पक्षधरहरुको मौलिक हक नहुने भन्दै त्यस्ता गतिविधिमा लाग्नेलाई कारबाही गर्न उनले नेपाल प्रहरीलाई निर्देशन दिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu