Connect with us
Kapilvast Forest

महिला हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउनुस्ः गृहमन्त्री थापा

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

Picture:RSS
काठमाडौं, असोज २४ । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अपनाउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

६४ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न निर्देशन दिएका हुन् ।

जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नहुने भन्दै उनले बिना हिच्किचाहट त्यस्तामाथि कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

‘आर्थिक अनियमितता, महिला तथा बालबालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य सहनशीलता अपनाइ आपराधिक तत्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु’, उनले भने ।

गृहमन्त्री थापाले आफ्नो कुशल कार्यसम्पादन मार्फत प्रहरी संगठन अन्तर्राष्ट्रियस्तरमा समेत सक्षम प्रमाणित भएको उल्लेख गर्दै निर्भिक रूपमा कर्तव्य पथमा अघि बढ्न सुझाए । प्रहरी कुनै लोभ लालचमा फसी कार्य गरेमा क्षम्य नहुने चेतावनी पनि उनले दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुखी नेपाली र समृद्ध नेपाल बनाउने सरकारको लक्ष्यलाई आत्मसात गरी नेपाल प्रहरी संधै लागि पर्ने जानकारी दिए ।

प्रहरी दिवसकै अवसरमा २९ जना अमर प्रहरीका परिवारलाई आर्थिक सहयोग र कदर पत्र प्रदान गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu