Connect with us
Kapilvast Forest

संविधान संशोधन नभए जटिलता उत्पन्न हुन्छ’

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

 काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ । ४ वर्षअघि आफैँले जारी गरेको संविधानलाई  पूर्व राष्ट्रपति यादवले शुक्रबार अन्तर्राष्ट्रिय तमु सम्मेलन उदघाटन गर्दै संशोधन गर्नुपर्ने बताउनु भएको हो ।

पूर्व राष्ट्रपति यादवले राजनीतिक दललाई संविधान संशोधन गरेर अगाडि बढ्न सुझाव दिनुभयो । ‘राजनीति दलले संविधानमा भएको त्रुटि सच्याएर अघि बढ्नुपर्छ’ उहाँलेभन्नुभयो, ‘जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्छ । सबैको अपनत्व महशुस गराउन संविधानमा भएका त्रुटिलाई सच्याउनुपर्छ ।’

पूर्व राष्ट्रपति यादवले संविधान संशोधनको लागि सरकार र सत्तारुढ दलले तत्परता देखाउनुपर्ने बताउनु भयो । ‘संविधान संशोधनमा तत्परता नदेखाउने हो जटिलता उत्पन्न हुन सक्छ’ उहाँले भन्नुभयो, ‘त्यसकारण यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनु आवश्यक छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu