Connect with us
Kapilvast Forest

प्रदेश प्रहरीलाई संघले भन्दा बढी सुविधा दिन्छौं : मुख्यमन्त्री पोखरेल

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

२४ असोज, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रहरी बनेपछि प्रहरीको सेवा सुविधा बढाउने बताएका छन् । प्रहरी संरचना केन्द्रबाट प्रादेशिक संरचनामा जाँदा के होला भन्ने कौतुहलता प्रहरीभित्र रहेको भन्दै उनले केन्द्र सरकारले भन्दा बढी सेवा सुविधा दिने बताएका हुन् ।

‘प्रादेशिक संरचनामा जाँदा के होला भन्ने कौतुहलता देखिन्छ तर सेवा, सुविधा र संरक्षण संघ भन्दा कम हुने छैन बरु बढी नै बनाइने छ’ ६४ औं प्रहरी दिवसका अवसरमा प्रदेश ५ प्रहरी तालिम केन्द्र बुटवलमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने ‘यसमा प्रदेश सरकार कटिवद्ध छ, कुनै आशंका पाल्न आवश्यक छैन ।’

उनले प्रहरी दिवसका अवसरमा प्रहरी जवानदेखि माथिल्लो तहका अधिकृतसम्मलाई दिइंदै आएको नगद पुरस्कारसमेत अहिले ज्यादै कम भएको औंल्याउंदै प्रदेश मातहत आएपछि पुरस्कार राशी पनि बढाइने बताए ।

मुख्यमन्त्री पोखरेलले अर्को वर्षको वजेटमै प्रहरी दिवसका अवसरमा दिइने नगद पुरस्कारका लागि सम्मानजनक रकम छुट्टाइने आश्वासनसमेत दिए । प्रहरी संगठनमा चेन अफ कमाण्ड फितलो हुनु मुख्य चुनौती रहेको औंल्याउंदै उनले एकीकृत नेतृत्व प्रणालीलाई स्थापित गर्ने कुरामा प्रहरी नेतृत्व गम्भीर बन्नुपर्ने सुझाव दिए ।

‘सिंगो प्रहरी संगठनलाई एकीकृत कमाण्डमा सञ्चालन गर्नुपर्नेमा त्यो हुन सकेको छैन, यो गम्भीर चुनौतीको विषय हो’ मुख्यमन्त्रीले भने ‘अधिकृत र जवानबीच आत्मीय सम्बन्ध नहुनु अनि पारदर्शिता र सुशासनमा पनि अलिकति समस्या छ ।’

उनले समाजको विकाससंगै सुरक्षा चुनौती समेत थपिएको औंल्याउंदै चुनौतीको बिश्लेषण गरेर सुरक्षा योजना बनाउन सुझाव दिए । प्रहरीको क्षमता बढाउन तालिम केन्द्रलाई प्रविधियुक्त बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले शान्ति सुरक्षा मजबुत बनाउने उद्देश्यले प्रदेशका १२ वटै जिल्लाका मुख्य भागमा सिसिटिभी क्यामेरा जडान गर्ने कामको थालनी भइसकेको बताए ।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोला, जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक लालमणि आचार्य, प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइटेललगायत प्रहरी जवानसम्मका १४ जनालाई नगद सहित पुरस्कृत गरिएको छ ।

पूर्वप्रहरी नायब उपरीक्षक कृष्णबहादुर थापासहित समाजसेवीहरु ओमकार गौचन, चन्द्रमणि अधिकारी, कृष्णप्रसाद शर्मा, पत्रकार माधव ढुंगानालगायतलाई सम्मान गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu