Connect with us
Kapilvast Forest

सिन्धुपाल्चोक दुर्घटना : मृत्यु हुनेको संख्या १३ पुग्यो

२०७६, २४ आश्विन शुक्रबारमा प्रकाशित

सुरज श्रेष्ठ ,काभ्रे – सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकास्थित भोटसिपामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । शुक्रबार बिहान इन्द्रावती गाउँपालिका–९को सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा ५० भन्दाबढी घाइते भएका छन् । घाइतेको सुरक्षाकर्मी र बासिन्दाले उद्दार गरेका छन् । उद्दारमा हेलिकोप्टर समेत प्रयोग गरिएको थियो । घाइतलाईकाभ्रेको बनेपा, धुलिखेल  अस्पताल ल्याइएकाे छ ।

मृत्यु हुनेमा काभ्रे पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, इन्द्रवती–९ का हीरा श्रेष्ठ, त्यही ठाउँका विनोद लम्साल र पाँचखाल  नगरपालिका–१० का रितेश आचार्य र केदारनाथ महाजु छन् ।

धुलिखेल अस्पतालमा उपचारकाे क्रममा ठेगाना नखुलेकी समीता श्रेष्ठ, गणेश तामाङ, इन्द्रावती ९ की जुनादेवी लम्साल, सुमित पुरकोटी, मीना मगर र सुवास अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu