Connect with us
Kapilvast Forest

टी-ट्वान्टी वरियतामा नेपाल दुई स्थान झर्दै १३ औं स्थान

२०७६, २५ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरियतामा नेपाल दुई स्थान तल झरेको छ ।

आईसीसील अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल दुई स्थान झर्दै १३ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ । हालै सिंगापुरमा त्रिकोणात्मक र ओमानमा भएको पाँच देशीय टी-ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ । सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो ।

यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल झरेको हो । नयाँ वरियतामा स्कटल्याण्ड ११ औं र युएई १२ औं स्थानमा उक्लिएको छ ।

एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu