Connect with us
Kapilvast Forest

आइफोन ११ को सफलता, एप्पलको मूल्य एक वर्षयताकै उच्च

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

अमेरिकी कम्पनी एप्पलको शेयर मूल्य बिहिबार सन् २०१९ कै उच्च विन्दुमा पुगेको छ । बिहीबार एप्पलको शेयर मूल्य २ सय ३० डलर नाघेको हो ।

आइफोन ११ को मागमा भएको वृद्धिको समाचार सार्वजनिक भएसँगै एप्पल कम्पनीको शेयर मूल्यमा डेढ प्रतिशतले बढोेत्तरी भएको छ ।

विश्लेषकहरुले आगामी दिनमा एप्पलको शेयर मूल्य निरन्तर उकालो लाग्ने प्रक्षेपण गरेका छन् । बजेट मूल्यको आइफोनप्रति खासगरी चिनिया प्रयोगकर्ताहरु बढि आकर्षित भएका कारण एप्पलले पछिल्लोपटक आइफोन ११ को उत्पादन बढाउने घोषणा गरेको थियो । एप्पलले आफ्ना आपूर्तिकर्तालाई आइफोन ११ को उत्पादन १० प्रतिशतले अर्थात् ८० लाख गोटाले वृद्धि गर्न आग्रह गरेको थियो ।

आइफोन ११ को सुपथ मूल्यसँगै उच्चस्तरको क्यामरा फिचर तथा धेरै कलर अप्सनका कारण उपभोक्ताहरुले यो सिरिजका आइफोन मन पराएका छन् । सन् २०२० भरमा गरी साढे १८ करोड गोटा आइफोन बिक्रि हुने एप्पलको प्रक्षेपण रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu