Connect with us
Kapilvast Forest

महरा र आलम सांसदबाट निलम्बित

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन् ।

जसबाट उनीहरुको सांसद पद निलम्बन सरह हुने भएको छ । निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलमलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा निर्वतमान सभामुख महरा तत्कालीन नेकपा ( माओवादी केन्द्र) दाङ २ बाट निर्वाचित हुन भने आलम नेपाली कांग्रेस रौतहट २ बाट निर्वाचित सांसद् हुन् । नागरिक दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu