नदी किनारामा प्रेसर कुकर बम भेटियाे
सिराहा । कर्जनाहा–३ स्थित कमला नदीको बगरमा प्रेसर कुकर बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन्
नदी किनारामा फेला परेको प्रेसर कुकर बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिराहका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ ।
बम निस्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली त्यस तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।