Connect with us
Kapilvast Forest

नेपालमा चिनियाँ लगानीमा ८७८ परियोजना

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । नेपालमा सहयोग तथा अनुदानको हिसाबले चीन भारतपछि दोस्रो सूचीमा पर्छ तर विभिन्न परियोजनामा भएको लगानीको हिसाबले भने चीनले सबै देशलाई उछिनिसकेको छ ।उद्योग विभागको तथ्यांकका अनुसार नेपालमा चिनियाँ लगानीमा ८ सय ७८ परियोजना छन् ।

यी परियोजनामा हङकङसमेतको लगानी जोडिएको छ । विभागका अनुसार विभिन्न परियोजनामा चीनबाट ४७ अर्ब रुपैंयाँ लगानी भित्रिएको छ ।चीनको लगानीमा सञ्चालित परियोजनामा ४६ हजार ५ सय जनाले रोजगारी पाएका छन् ।

सन् २०१५ मा चीनको कुल बाह्य लगानी १ खर्ब २८ अर्ब अमेरिकी डलर थियो । यस मध्ये अति कम बिकसित राष्ट्रमा गरेको लगानी ११ अर्ब ६० करोड डलर थियो ।नेपालमा सन् २०१४/१५ मा गरिएको लगानी प्रतिवद्धता शून्य दशमलव १९ अमेरिकी डलर अर्थात २० अर्ब रुपैंयाँ थियो ।

यो रकम चीनको कुल बाह्य लगानीको शून्य दशमलव शून्य शुन्य ६ प्रतिशत हुन आउँछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu