Connect with us
Kapilvast Forest

वडा कार्यालयमा आगजनी

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

 

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । थाहा नगरको आरन डाँडामा रहेको वडा नम्बर ५ को कार्यालयमा आइतबार बेलुका आगजनी भएको हो ।

कार्यालयको ढोका फुटाई पेट्रोल छर्किएर आगजनी भएको वडा अध्यक्ष विष्णु गुरुङले जानकारी दिनुभयो । आगजनीबाट महत्वपूर्ण कागजात र फर्निचर जलेर नष्ट भएका छन् ।

घटनाको हालसम्म कसैले जिम्मा लिएको छैन । घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताउनुभयो । यसअघि पनि अज्ञात समूहले थाहा नगरमा २ वटा जेसिबीमा समेत आगजनी गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu