Connect with us
Kapilvast Forest

कांग्रेसको चियापानमा प्रधानमन्त्री ओलीले भने : राजनीतिले जुनसुकै मोड लिनसक्छ

२०७६, २७ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल कांग्रेसबीच लोकतन्त्रको सवालमा न्युनतम् सहमति रहेको बताएका छन् ।

नेपाली कांग्रेसले दशैंको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रको विषयमा सत्ता र प्रतिपक्ष दलबीच सहमति रहेको बताएका हुन् ।

राजनीतिक विषयमा कहिलेकाँही मतभेद हुनुलाई असमान्य ठान्न नहुने भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाबीच ४५ वर्षदेखिको सम्बन्ध रहेको स्मरण गरे ।

समारोहमा कांग्रेस सभापति शेरवहादुर देउवाले फरक विचार बोकेका राजनीतिक दलहरुबीच राजनीतिक विषयमा मतभिन्नता भएपनि आपसी सम्बन्ध, सहमति र सहकार्यको संस्कृति कायमै रहेको बताए ।

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दहरुबीच सहमति, सहकार्य र एकताका लागि कांग्रेसले देखाउने गरेको तत्परता प्रसंशनीय रहेको बताए ।राजनीतिमा कुनै पनि कुरा असम्भव नहुने भन्दै उनले भविष्यमा राजनीतिले जुनसुकै मोड लिनसक्ने टिप्पणी गरे ।

यस्तै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएकोले लोकतन्त्रका कांग्रेसको सधैं साथ रहने प्रतिक्रिया दिए ।

चियापानमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञ, नेपाल स्थिति कुटनीतिक नियोगका प्रमुख, उद्योगी व्यवसायी, विभिन्न पेशाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसका संस्थापक वीपी कोइराला वि.स. २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि नेपाली कांग्रेसले प्रत्येक वर्ष कोजागत पूर्णिमाको दिन चियापान आयोजना गर्दै आएको छ ।

चियापानमा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु समेत सहभागी थिए । विगतको तुलनामा यसपटक चियापान कार्यक्रम निकै व्यवस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu