Connect with us
Kapilvast Forest

नेपाल क्रिकेट संघ माथिको निलम्बन सर्तसहित फुकुवा

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन सर्तसहित फुकुवा गरेको छ ।

युएइको दुबईमा हिजो र अस्ती बसेको आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो ।शर्तका विषयमा प्रष्ट नखुलाए पनि निश्चित आर्थिक र प्रशासनिक मापदयण्ड तोकिएको बताइएको छ ।

आइसिसीकै स्वतन्त्र प्यानलले गत असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन गराएपछि निलम्बन फुकुवाको आधार बनेको थियो ।निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन हुन नसक्नुलाई कारण मान्दै आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu