Connect with us
Kapilvast Forest

सुस्ताउदै सराएं नाच !

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

सलिम अन्सारी,प्युठान।

गत आईतवार प्युठान नगरपालिका ९ मरन्ठाना स्थित बुढादेवी मन्दिर परिसरको वातावरण बेग्लै थियो। सेतो रंगको दौरा सुरुवाल, कम्मरमा पटुका र शिरमा सेतै पगरी गुछेर लोभलाग्दो पहिरनमा पुरुषहरू सराएं खेलिरहेका थिए ।नेपाली पोसाकमा सजिएर वरिपरि ढाल र तरवार नचाउँदै बाजाको तालमा उनिहरु वाख्वाई वाख्वाई ह्वा गरिरहेका देखिन्थे ।

पञ्चेबाजाको डुंग, डुंग कि डुंगको ताल र वाख्वाई ह्वाको आवाजले मन्दिर क्षेत्र गुंजायमान बन्यो ।युवाहरूको जोशिलो नाचसंगै दर्शकहरु पनि झुम्मिरहेका देखिन्थे । उनीहरुसँगै महिला, बृद्धबृद्धा पनि वाख्वाई, वाख्वाई गर्दै सरायँमा सहभागी भए।’बाजाको लयसँगै पाइला र तरवार चलाउने खेल हेर्दै हिम्मतिलो र आकर्षक लाग्छ ।

‘कोजागत पुर्णिमाको मेला हेर्न आएका स्थानिय अजय बिकले भने,’ सरायँ हेर्दा नांचु नाचु लाग्ने, रमाईलो हुँदो रहेछ।’ सराय नाच हेर्दा रमाइलो र हतियार नचाउँदा डरलाग्दो हुने उनले अनुभव सुनाउन समेत भ्याए ।सरायँको प्रचार–प्रसार गर्न सकेमा धार्मिक शक्तिपिठको थप विकासमा सहयोग पुग्ने उनले बताए । ‘एकातर्फ गाउँठाउँको विकास हुन्छ भने अर्कोतर्फ हाम्रो पहिचान बोकेको सँस्कृतिको प्रचार हुन्छ ।’ उनले भने, ‘स्थानीय नागरिकदेखि सरकार सबैले ध्यान दिनु आवश्यक छ ।प्युठानमा दशै र तिहारको अबसरमा सराए नाचिन्छ।

संस्कृती जोगाउन जागे युवा

मौलिक संस्कृती सरायँ नाचको संरक्षणमा युवाहरू जुटेका छन् । जिल्लाको मल्लरानी र जुम्री बजारका स्थानिय युवाहरुले सराय विशेष कार्यक्रम आयोजना गरेका हुन।आइतबार जुम्री परिवर्तनशील युवा समूह प्युठान नगरपालिका–३ को आयोजनामा भएको कार्यक्रममा सरायँ नाच हेर्नेको घुइँचो थियोे ।

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर–८ स्थित राँगामारेमा चतुदर्शीका दिन मेला लाग्ने गर्छ । यसै अवसरमा सरायँ नाच्ने गरिन्छ । युवा पुस्ताहरूलाई सरायँ नाचप्रति आकर्षित गर्न सराय विशेष कार्यक्रम गरिएको वडा नम्बर–८ का वडाध्यक्ष नरेन्द्र बस्नेतले बताए । ‘ यस्का लागि वडामा रहेका क्लबहरू परिचालन गरी व्यवस्थित गरिएको उनले सुनाए । युवा पुस्ता परम्परागत रीतिरिवाजबाट टाढा नहुन् भन्ने उद्देश्यले युवा क्लबहरूलाई क्रियाशील बनाइएको बस्नेतको भनाई छ।

स्ता परम्परागत रीतिरिवाजबाट टाढा नहुन् भन्ने उद्देश्यले युवा क्लबहरूलाई क्रियाशील बनाइएको बस्नेतको भनाई छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu