Connect with us
Kapilvast Forest

महरालाई थप ३ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार प्रहरीले महरालाई अदालत पेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएपछि महरालाई अदालतमा पेश गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सरकारी वकिलका तर्फबाट बहस गर्दै अधिवक्ता उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्न माग गरेका थिए ।

महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu