Connect with us
Kapilvast Forest

विजयनगर समृद्धि र विकास पथमा छ: मन्त्री चौधरी

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

  • दिपक के.सी.कपिलवस्तु असोज २९

कपिलवस्तुको विजयनगर गाउँपालिका समृद्धि र विकासको पथमा रहेको प्रदेश नं.५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताएका छन । जिल्लाको दुर्गम भनेर चिनिने गाउँपालिका स्थानिय तहको निर्वाचन पश्चात विकासको पथमा लम्किएको उनले बताए ।
“दुर्गम भनेर चिनिएको गाउँपालिका सुगम भइसक्यो” मन्त्री चौधरीले भने । निर्वाचित सरकार बनेको २ बर्ष भित्रमा नै गाउँपालिकाले प्रत्यक्ष देखिने गरी विकास गरेको उनले बताए । गाउँपाकिलले आयोजना गरेको विजया दशमी शुभ दिपावी र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना व्यक्त गदै मन्त्री चौधरीले यस्तो बताएका हुन ।

विहिबार गाउँपालिकाको वडा नं. २ गुगौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले गाउँपालिकाको शिक्षा,स्वास्थ्य, सिचाईका लागी यस बर्ष पनि प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । यस क्षेत्रको सिचाई समाधानका लागी राप्ती डाइभर्सनको काम भइरहेको जनाउदै उनले राजकुलो सिचाई योजना यसै बर्ष सम्पन्न गर्ने गरी काम हुने जिकिर गरे । खानेपानिको समस्यलाई समधान गर्न गाउँपालिकामा ३ वटा ओभरहेड ट्यांकी निर्माणको काम लगतै सुरु हुने उनले बताए ।

गाउपालिकामा रहेको पुरानो विद्यालय दुधाधारी माविकालाई भवन निर्माणका लागी आवश्यक पहल प्रदेशमा गर्नको सोहि क्षेत्रका साँसद विरेन्द्र कुमार कनोडियालाई पहल गर्न समेत मन्त्री चौधरीले जोड दिए । यसै क्षेत्रका सासदले पहल गरे प्रदेश सरकारले भवनका लागी वजेट उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरे । गाउँपालिकामा रहेको प्रहरी चौकीको भवन पनि यसै आर्थिक बर्षमा निर्माण गर्ने आश्वासन समेत व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिकाको समग्र विकासमा प्रदेशबाट सहयोग निरन्तर उपलब्ध भइरहेको संविधान सभा सदस्य डोरमणी उपाध्यायले बताए । नेकपाको सरकारले चौतर्फि विकासमा ध्यान दिएको उल्लेख गर्दै गाउँपालिकाको विकासका लागी पनि प्रदेशबाटै पहल भएको नेकपा जिल्ला अध्यक्ष झविलाल पोखरेलले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले गाउँपालिको समग्र विकासमा गाउँपालिकाका अध्यक्ष गोपाल थापाको सहनिय भूमिका रहेको भन्दै अध्यक्ष थापाको प्रशंसा गरे । प्रतिपक्ष भए पनि विकासको सिलसिलामा कहिल्यै अवरोध नगरेको जनाउदै समग्र गाउँपालिकाको विकासका लागी आपफु सधै अग्र भागमा उभिने कनोडियाले बताए । गाउँपालिकाको मेरुदण्डको रुपमा रहेको आर.टि.ओ. रोड निर्माणका लागी प्रदेश सरकारको तर्फ सबै भन्दा बढि बजेट विनियोजन भएको प्रदेश सभासदस्य अर्जुन कुमार के.सी.ले बताए ।

आर.टि.ओ.निर्माण पश्चात अझ सुगमता र विकासको अनुभूति हुने उनले बताए ।
गाउँपालिकामा अझै पनि स्तरिय अस्पताल उच्च शिक्षाका लागी क्याम्पस नभएकोले यसका लागी प्रदेश सरकारले विचार गरिदिनु पर्ने गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । अझै पनि गाउँपालिकामा धेरै विकास निर्माणका काम बाकी रहेको र गाउँपालिकाको बजेटले ती विकास निर्माणका कामहरु गर्न नसकिने हुदाँ प्रदेश सरकारबाट सहयोगको अपेक्षा रहेको समेत थापाले उल्लेख गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu