Connect with us
Kapilvast Forest

कपिलवस्तु:दुई खरिदार घुस सहीत रंगेहात पक्राउ,

२०७६, २९ आश्विन बुधबारमा प्रकाशित

file photo
कपिलवस्तु असोज २९ ,
कपिलवस्तु मालपोत कार्यालयका दुई खरिदार सेवाग्राहीसंग ६ हजार घुस लिईरहेको अवस्थामा बुधवार दिउसो ३ बजे रंगेहात पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसंधान आयोग बुटवलबाट खटिएको टोलीले खरिदार सुर्य प्रसाद मिश्रा र दुर्गा प्रसाद चौधरीलाई घुस सहीत अख्तियार नियन्त्रणमा लिइको हो ।
मोही जग्गा नामसरी गरि दिने भन्दै सेवाग्रहीसंग घुस लिएको अवस्थामा कार्यालय भित्रै दुई कर्मचारीलाई नियन्त्रणमा लिईएको अख्तियार बुटवलले जनाएको छ । घटनाको अनुसंधान, बयान र सोधपुछकालागि अख्तियारले ती दुई कर्मचारीलाई बुटवल स्थित कार्यालयमा लगेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu