Connect with us
Kapilvast Forest

दोब्बर पैसा : पठाउदा २२ हजार, झिक्दा ४४ हजार

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

माधव बेल्वासे
कपिलवस्तु चन्द्रौटा असोज ३०
विदेश वाट २२ हजार पठाएको पैसा कपिलवस्तुको शिवराज नगरपालिका बस्ने यमलाल भारतीले नेपालमा भिmक्दा ४४ हजार वुझेको छन । शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको जस्मीन मनि ट्रान्सर्फमा यमलाल भारतीको नाममा गत असोज २३ गते अमरिका वाट २२ हजार रकम आएको थियो । सिजि फिन्को वेस्टन युनियनको नेपाल दशै तिहार प्रोमोसन चाडपर्व विशेष स्कीममा उक्त रकम दोब्बर भएको हो ।
विहिवार वेस्टन युनियनका लुम्विनि क्षेत्र प्रमुख विष्णु गौतम र जस्मीन मनि ट्रान्सर्फका संचालक मौसम खानले उक्त रकम हस्तानतरण गरेका हुन ।विजया दशमि,शुभदिपावली,छट पर्वको अवशरमा उक्त स्किम रहेको क्षेत्र प्रमुख गौतमले वताउनुभयो ।८ हप्ता सम्म चल्ने उक्त योजना प्रत्येक हप्ता ५ जना दोब्बर रकम पर्ने जनाउनुभयो ।
स्किमले आम नागरिकको जिवनयापनमा सहज होस भन्ने उद्देश्यले उक्त योजना राखेको जस्मीन मनि ट्रान्सर्फका संचालक आर्यान खानले वताउनुभयो । कसलाई स्किम पर्छ भन्ने थाहा नै हुदैन, कपिलवस्तुको शिवराज नगरपालिकामा स्थानियलाई परेकोमा खुसी भएको उहाले जनाउनभयो । रकम वुझदै भारतीले दोब्बर रकम पाएकोमा खुसी व्यक्त गर्नुभयो । भरपर्दा र विश्वासिलो बनेकोमा आगामी दिनमा पनि यस्ता स्किमहरु ल्याउन सुझाव दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu