Connect with us
Kapilvast Forest

‘प्रेम संसार’ गीत: ‘सुन सुन चम्पा’मा बुगी बुगी बिजेता कविता, प्रेम र मोनिका

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं – प्रेमकथाको बिषयमा निर्माण भएको फिल्म ‘प्रेम संसार’को दोश्रो गीत ‘सुन सुन चम्पा’ सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको बुगी बुगी बिजेता कविता नेपाली, प्रेम सोनी र मोनिका दाहालको अभिनय देख्न सकिन्छ ।

रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीतमा कोरियोग्राफी एकेन्द्र सारा संसारले गरेका छन् । प्रेम सोनी, कविता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर विक, विजय सुनार, टंक मरासैनी, किशोर पाण्डे लगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ ।

सोनी फिल्मस्को प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको फिल्मको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार(गहतराज) हुन् । उतम केसी र देविन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेको फिल्ममा अर्जुनको अलवा बीबी अनुरागीको पनि संगीत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu