Connect with us
Kapilvast Forest

नेपाल चेम्बर र भाइब्रेण्ट गोवा फाउण्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र भाइब्रेण्ट गोवा फाउण्डेसनबीच समझदारीपत्रमा हस्ताक्षर भएकाे छ।

नेपाल चेम्बरको भारतमा गएको प्रतिनिधिमण्डलका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्विपक्षीय व्यापार, लगानी, पर्यटन प्रवर्द्धन एवं आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठले आज गोवामा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

भाइब्रेण्ट गोवा २०१९ को उद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथि गोवाका मुख्य मन्त्री डा. प्रमोद सावन्तको उपस्थितिमा भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिनमा द्विपक्षीय आर्थिक एवं व्यापारिक सम्बन्ध वृद्धि हुने अपेक्षा दुवै पक्षले गरेका छन्। साथै व्यापार लगानी अभिवृद्धि गर्न गोवामा नेपाल डेस्क र नेपालमा गोवा डेस्क राख्ने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ।

भाइब्रेण्ट गोवा फाउण्डेसनले भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ को आयोजना गरेको र यसमा भारतीय सरकार र गोवा सरकारको समेत सहभागिता रहेको छ। हालै हस्ताक्षर गरिएको समझदारी पत्रले दुई मुलुकबीच हुने अन्तर्क्रिया, रोड शो, एक्स्पोमा सहभागिता लगायत पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ।

सो अवसरमा बोल्दै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बरले २०२० को फेब्रुअरीमा आयोजना गर्ने नेपाल चेम्बर एक्स्पोमा सहभागिताको लागि अनुरोध गर्नुका साथै पहाडी मुलुक नेपाल र समुद्री सतहसँग जोडिएको गोवा “फ्रम ग्रीन टू ब्लू”बीच पर्यटन प्रबद्र्धन र कनेक्टिभिटीमा जोड दिएकाले नेपाल भ्रमण वर्ष २०२० मा गोवाबाट पर्याप्त पर्यटन भित्राउन सकिने सम्भावनामा जोड दिए।

सो अवसरमा बोल्दै भाइब्रेन्ट गोवा फाउण्डेशनका सभापति राजकुमार कामतले यो समझदारीपत्रको कार्यान्वयनले अहिले चेम्बरको सहभागिता उल्लेख्य रहेकोले आगामी वर्षहरुमा यसमा अझ बढोत्तरी हुने र आगामी वर्ष नेपालमा हुने एक्स्पो र पर्यटन वर्षमा आफ्नो संस्थाको तर्फबाट सहभागिता र प्रवर्द्धनको लागि महत्वपूर्ण कार्य गरिने विश्वास व्यक्त गरे।

सो समझदारीपत्रमा दुई देशका चेम्बर बीच व्यापारिक सूचना, आदानप्रदान, मेला प्रदर्शनीमा दुवै मुलुकमा सहभागिता, पर्यटन प्रवर्द्धन, व्यापारिक÷औद्योगिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिने कुरा समेत उल्लेख गरिएको छ। ३८ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डलमा चेम्बर सदस्य, जिल्ला चेम्बर अफ कमर्सका पदाधिकारीहरु, उद्यमी, व्यवसायीहरु, प्रदेश ५ का संसद सदस्य भोज प्रसाद श्रेष्ठ, ५ नम्बर प्रदेशका विभिन्न नगरपालिकाका उपमेयरहरुको समेत सहभागिता रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu