Connect with us
Kapilvast Forest

राष्ट्रिय वाणिज्य बैंकले युवाहरुलाई निःशुल्क तालिम दिने

२०७६, ३० आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले युवा लक्षित सामाजिक उत्तरदायित्वअन्तर्गत आरबिबी इम्पावरमेन्ट एकेडेमी कार्यक्रमको सुरुवात गरको छ।

फाइनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले सुरु गरिएको यस एकेडेमीबाट युवावर्ग लगायत सबैले लाभ लिन सक्नेछन्। यस एकेडेमीले २०७६ कार्तिक १ गतेबाट नै निःशुल्क आवेदन दिन सक्नेगरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तीन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ विषयगत तयारी कक्षा सञ्चालन गर्नेछ।

पहिलो चरणको ट्रेनिङ, प्रदेश ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आह्वान गरिएको छ। वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विद्यार्थीहरुले यसबाट लाभ लिन सक्नेछन्।

वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यो तालिम राष्ट्रिय वाणिज्य बैंकको दरबारमार्गस्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५५ वर्षको इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको वृतिविकासका लागि र समाजलाई केही योगदान दिने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu