Connect with us
Kapilvast Forest

मन्त्रिमण्डल पुनर्गठन तत्काल हुँदैनः अध्यक्ष दाहाल

२०७६, १ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं, कात्तिक १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डलमा तत्काल कुनै फेरबदल हुने सम्भावना नरहेको बताएका छन् ।

धनगढीमा पत्रकारहरुसँग दाहालले सञ्चारमाध्यममा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको जिकिर गरे ।यति जना मन्त्री फेरिने, यी यी आउने भए रे भनेर गरिएका हल्लामा कुनै सत्यता नरहेको पनि उनले प्रष्ट्याए ।

मन्त्रिमण्डल फेरबदलको विषय प्रधानमन्त्रीको कार्यक्षेत्र भएकाले यो प्रश्न आफूलाई नगर्न दाहालले पत्रकारहरुसँग आग्रह पनि गरे ।आफु पार्टीको अध्यक्ष भएकाले मन्त्री फेर्दा सोधिए पनि अहिलेसम्म त्यस्तो कुनै छलफल र चर्चा नभएको पनि उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu