Connect with us
Kapilvast Forest

क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न आईसीसीको टोली नेपाल आउने

२०७६, १ कार्तिक शुक्रबारमा प्रकाशित

नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वसँग छलफल गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नोभेम्बर पहिलो साता काठमाडौं आउने भएको छ ।क्यानको निलम्बन प्रक्रिया सुरु भएको बेला हुन लागेको आईसीसी टोलीको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

निलम्बन फिर्ताको औपचारिक प्रक्रिया टुंग्याउन क्यानले आग्रह गरेपछि आईसीसीको टोली नेपाल आउन लागेको हो ।

निलम्बन फिर्ताको लागि आर्थिक पारदर्शीता र अन्य व्यवस्थापकिय सर्त रोखेको आईसीसीसँग यसै विषयमा छलफल गर्ने क्यानको तयारी छ ।

क्यानका अनुसार आर्थिक सञ्चालनका लागि आईसीसीले स्पष्ट मार्गनिर्देशन दिनेछ ।यसअघि क्यानमा प्रमुख कार्यकारी अधिकृत र फाइनान्स म्यानेजर खुल्ला प्रतिस्पर्धामा नियुक्त गरिने चलन थियो ।

तर यसपटक सिइओको सट्टा प्रबन्ध निर्देशक, आर्थिक निर्देशक र प्रदेश क्रिकेट व्यवस्थापन निर्देशक भनेर तीन जना राख्नुपर्नेछ ।आईसीसीसँगको छलफलकै तयारी स्वरुप क्यानले यही आइतबार कार्यसमिति बैठक बोलाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu