Connect with us
Kapilvast Forest

न्युक्यास्टल युनाइटेडलाई चेल्सीले हरायो

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

३ कात्तिक, काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा कठिन जित हात पारेको छ । शनिबार राति आफ्नै मैदानमा भएको खेलमा चेल्सीले न्युक्यास्टल युनाइटेडलाई १–० गोलको कठिन जित हात पारेको हो । चेल्सीको जितमा मार्कोस एलोन्सोले गोल गरे ।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्र्रो हाफमा गोल गर्दै जित हात पारेको हो । खेलको ७३ औं मिनेटमा एलोन्सोल गोल गरे । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल चेल्सीले जितेको हो ।

त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा टोटनह्याम भने वाटफोर्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलको सुरुआती समयममै गोल खाँदै १–० गोलअन्तरले पछि परेको टोटनह्यामले खेलको ८६ औं मिनेटमा गोल गर्दै हार टारेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu