Connect with us
Kapilvast Forest

बचत र लगानीको खाडल पुर्न विदेशी पुँजीको आवश्यकता : अर्थमन्त्री

२०७६, ४ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं ।अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा बचत र लगनीबीच ठूलो अन्तर रहेकाले त्यसलाई घटाउन विदेशी पुँजी परिचालनको आवश्यकता रहेको बताएका छन्।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सोमबार अर्थमन्त्री खतिवडाले नेपालको पुँजीबजार सानो रहेकाले यसलाई बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै खतिवडाले निजी क्षेत्रलाई थप सबल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधीकरण गर्नुपर्ने पनि उल्लेख गरे।

उनले पूर्वाधार विकासको लागि मध्यकालीन तथा दीर्घकालीनअवधिका वित्त परिचालन आवश्यक रहेको पनि बताए।

अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीसँग भएको भेटमा नेपालको अर्थतन्त्रको संभावनावारे चर्चा गर्दै अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा निजी क्षेत्रमार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पूर्वाधारलगायतका क्षेत्रमा समेत लगानी गर्न उनलेआग्रह गरे।

अर्थमन्त्री खतिवडाले नेपालले क्रेडिट रेटिकङको काम सुरु गरेको जानकारी पनि दुवै निकायका अधिकारीहरुलाई गराएका छन्।

यसैगरी छलफलमा उनले विश्वव्यापी आर्थिक शिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र व्यापारको क्षेत्रमा पार्न सक्ने संभावित प्रतिकुलता सामना गर्नुपर्नेतर्फ सजग रहेको पनि जानकारी गराएका छन्।

अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तर्राष्टिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेको पनि उनको भनाइ छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu