Connect with us
Kapilvast Forest

सेवक बनौँ, शोषक होइन: वशिष्ठ तिवारी

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

कपिलवस्तु कार्तिक ६,

अहिंसा परमो धर्मः | धर्म हिंसा तथीवच ।
बर्तमान युगमा मानवजातिको उत्थान सहयोग, समन्व, सहकार्य,  सहानुभूति,  समानुभूति र सुहृदयतामा निहित छ,किनभने मानव जातिको कल्याण यान्त्रिकीकरण ले मात्र कदापि हुन सक्दैन, त्यहिभएको हुनाले समन्व एवं सदभावको अभाव समाजिक संरचनामा हुनु पनि भएन। संसारमा  भिन्न भिन्न प्रकारको ब्यक्तिअनुसार विचार एवं ब्यबहार पाइन्छ तर  न्युन ब्यक्तिले मात्रै अरुको पीडा लाई आफ्नो पीडा बुझछन र समानुभुती अनुभव गरि  वास्तविक  लोकसेवक भएर  गौरवान्वित कार्य गरि आफ्नो ब्यक्तित्वको परिचय दिन्छन र  त्यस्तो ब्यक्ति को विचार र व्यवहार सर्वसाधारणको लागि दृघकालिन रुपमा अनुकरणीय  हुनजान्छ। हाम्रो समुदायमा सामाजिक अभियन्ता को कुनै अभाव छैन,तर  ति समाजिक अभियन्तामा  न्युन ब्यक्तिको  मात्र भावना एवं दृष्टिकोण बिशुद्ध सामाजिक अभियन्ता रहेको अनुभुति हुन्छ। संसारको कुनै पनि ब्यक्ति एकलै सम्पूर्ण ब्यक्तिहरुको सहयोग गर्ने सक्दैन तर  हरेक ब्यक्तिले  कम्सेकम एक ब्यक्तिको अवश्य सहयोग गर्ने सक्छ तर  थोरैले मात्र यस्तो पबित्र कार्य गर्न अन्त:करण बाट अभिप्रेरित हुन्छन।

ब्यक्तिको ब्यक्तित्व सरल एवं सहज हुनु पर्छ तर  हरेक ब्यक्तिले संघर्ष लाई पूजा बुझी कर्तव्य परायण भई कर्तव्यपालन प्रति आरुढ हुनु नै समयको माग हो। निजी उत्थान गर्नु कुनै अभिषाप होइन तर ति उत्थान वाट कसैको  भौतिक, जैबिक,  समाजिक र आत्मिक उत्पीडन पनि हुनु भएन।  वर्तमान को  मुख्य समस्या  धार्मिक, सामाजिक, सामुदायिक, जातीय र भौगोलिक उन्माद रहेको पाइन्छ र यस्को प्रमुख तत्व  कथित  कुसंस्कारित केहि  समाजिक अभियन्ता नै हुन।सामाजिक अभियन्ता को  कार्य समाजको लागि हुनु पर्छ नकि कलंकको रुपमा  किनभने  वर्तमान नै भविष्य को जरोरुपि आधार हो।

मानवद्वारा मात्र मानवको उत्थान एवं कल्याण हुदैन बरु समाजको हरेक प्राणी को उत्थान एवं उद्धार को साथ-साथै  प्रकृतिको  संरक्षण एवम् सम्बर्धन पनि सम्भवतः गर्ने सकिन्छ तर त्यसको लागि कठिन  लगन एवं श्रम स्वार्थरहित  ढँगले हुनु नितान्त आवश्यक हुन्छ। सर्व प्रथम लोक उपकारीले  कुनै पनि कारण एवं परिस्थितिमा कुनै पनि प्राणीको  शोषण एवं दमन गर्नु एवं गराउनु पनि भएन, किनभने शोषक लोकसेवि कदापि हुन सक्दैन। प्रायः लोकसेवक हरुमा अहम को भावना जागृत हुन्छ र त्यहि भावनाले उन्मादी बनाउछ र उन्माद नै ब्यक्तिको  पतन सामाजिक र नैतिक दृष्टिले गराउछ, त्यहि भएको हुनाले कुनै पनि लोकसेवकले अहम को भावनालाई जागृत हुनदिनु नि हुदैन।
लोकसेवको मुख्य करतब्य स्वार्थरहित ढंगले परोपकार गर्नु हो, तर केही कथित परोपकारीले गरेको परोपकारको  उपाधि लिनुम गौरव महसुस गर्छन तर तिनले भुलछन कि श्रेष्ठ कार्यको  उपाधि समाज र राष्ट्रले  उपयुक्त समयमा स्वत: दिन्छ त्यसको लागि  समाचार र  सामाजिक सञ्जालमा वाह वाहीको  अवश्यक्ता पर्दैन। वर्तमान युग सदभावको युग भएको हुनाले कुनै पनि प्राणी प्रति हिंसा एवं घृणा को भावना कदापी राख्नु भएन बरू परोपकार लाई आचरण बनाउनु पर्छ।

ईतिहासको  हरेक  सामाजिक अभियन्ता सुरुवातको दौरानमा  साधारण ब्यक्ति रहेको प्रमाण पाइन्छ कुनै पनि ब्यक्ति जन्मना बित्तिकै  समाजिक अभियन्ता हुदैन बरु समयचक्र लाई  बुझी आफ्नो ब्यवहार लाई परिमार्जित गर्दै अरुको पीडालाई आफ्नो पीडा सरह मान्यता दि समयको माग लाई  यथासम्भव सम्बोधित गर्न तत्परता को साथ लागिपरेको हन्छ र  एकदिन  जननायक बनि समाजको लागि अनुकरणीय भूमिका निर्वाह गर्न सफल हुन्छ र  आफूलाई असाधारण ब्यक्तिको रुपमा समाजमा परिचित गराउछ। सामाजिक अभियन्ताले कहिल्यै पनि समाजलाई आर्थिक श्रोतको साधन बनाउनु हुदैन।
वशिष्ठ तिवारी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu