Connect with us
Kapilvast Forest

पत्रकारले लेखे नेताहरुलाई खुला पत्र

२०७६, १७ कार्तिक आईतवारमा प्रकाशित

कपिलवस्तु कार्तिक १७।
सांसद अभिषेश प्रताप शाह, पुर्व कृषिमन्त्री अक्बाल अहमद शाह ज्यु, कृष्णनगर कपिलवस्तु ।
गत बुधबार राती कपिलवस्तुको कृष्णनगर क्षेत्रमा मुर्ति विसर्जनको विषयलाई लिएर भएको विवादले ठुलो रुप लियो । विहिबार एक जना अबोध युवकको ज्यान समेत गयो । तपाईहरुले नेतृत्व गर्ने वा तपाईको गाँउमा विवाद भइरहदा तपाईहरुको उपस्थिती देखीएन । तपाईहरुकै आप्नो व्यक्तीगत काम विशेषले काठमाण्डौँ भएको खबर हामीले पायौँ । आम नागरिकहरुको बुझाइमा यदी तपाईहरु कृष्णनगरमा भएको भए सायद कृष्णनगर अशान्त हुदैन थियो होला ।
किन की तपाईहरु सिगौ समाजको लागि एक कुशल नेतृत्व निर्वाह गर्ने जिम्मेवारी व्यक्ती हो । आम नागरिकको नजरमा कृष्णनगरलाई शान्त बनाउने क्षमता तपाईहरुमा छ । निर्वाचनका समयमा तपाईहरुले कृष्णनगर लगायत आफनौ क्षेत्रमा शान्ती अमन चयन गर्ने जिम्मेवारी लिएको पक्कै पनि विर्सनु भएको छैन । तपाईहरु यस क्षेत्रको जिम्मेवार अभिभावकको रुपमा परिचित हुनुहुन्छ । कृष्णनगरलाई सुन्दर समृद्ध बनाउने अभिभरा तपाईहरुको काधमा रहेको छ ।
गत बर्ष दशैँमा मुर्ती विसर्जनको समयमा उत्पन्न विवाद पनि तपाईहरुकै सहयोगमा समाधान गरिएको पनि सर्वविदितै छ । यस बर्ष तपाईहरुले निर्वाह गर्नु पर्ने जिम्मेवारी पुरा गर्न किन हिचकिचाउनु भयो ? यो प्रश्न आम जन समुदायमा तरल पर्दाथ झै फैलिएको छ । सबैको आशाको भरोसाका किरणहरु तपाईहरु नै हो । तर जनताको भरोसालाई चकनाचुर गर्दा तपाईहरुलाई रत्ती भर पनि समाजप्रती उत्तरदायित्व गर्न मन लगेन ।
कृष्णनगरमा विवाद हुदा तपाईहरु यहाँ उपस्थिीत हुनुपर्नेमा काठमाण्डौँ गएर बस्नु के यही हो राजनिति ? यहा घटना हुदा तपाईहरु पनि यहाँ भएको भए पक्कै पनि केही हुदैनथ्यो होला । घटनाको अर्काे दिन नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) सगँको तस्वीर फेसबुकमा पोस्ट गरिएको पाइयो । के त्यो तस्वीरले के ति मृतक त्यो युवकको परिवारलाई मलहम लग्यो त ? के कृष्णनगरमा कफर्यु लगेको समय त्यहाका बालबालिका राम्रोसँग निदाय त ? के कृष्णनगर तपाईहरुको भोट माग्ने स्थल मात्र हो त ?
यस विषम परिस्थितीमा तपाईहरु कृष्णनगरमा हुनु पर्ने हो । गृहमन्त्रीलाई जानकारी त प्रहरी प्रशासनले दिएकै थियो । तपाईहरु कपिलवस्तुबाटै गृहमन्त्रीलाई सम्पर्क गर्ने हैसियतमा हुनुन्छ त्यसैले तपाइको अवाश्यकता कृष्णनगरमा थियो अझै पनि कृष्णनगर पुर्ण रुपमा शान्त भएको छैन तपाईहरु आउनुस आफनो ठाँउको नागरिकसगँ भेटगरी सन्तवाना दिनुस ।

 
                                                                                                                                            सनिउल्ला धोबी,
                                                                                                                                                  पत्रकार

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu