Connect with us
Kapilvast Forest

स्टर्लिङको ह्याट्रिकमा म्यान्चेष्टर सिटी र केनको गोलमा टोटनह्यामको शानदार जित

२०७६, ६ कार्तिक बुधबारमा प्रकाशित

कार्तिक ६,काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंगलिश क्लबहरु म्यान्चेष्टर सिटी र टोटनह्याम हट्सपरले शानदार जित निकालेका छन् । रहिम स्टर्लिङको ह्याट्रिकको सहयोगमा सिटीले मंगलबार राति भएको खेलमा इटालियन क्लब एटलान्टालाई ५–१ गोल अन्तरले हरायो ।

खेलमा अग्रता भने एटलान्टाले लियो । २८ औं मिनेटमा रुस्लान मिलिनोस्कीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि निरन्तर गोल गर्दै सिटीले जित्यो । सिटीका लागि सुरुआती दुई गोल सर्जियो अग्युरोले गरेका थिए । ८२ औ मिनेटमा फोडिन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो ।

समूह सीको अर्को खेलमा सक्तर दोनेस्क र डाइनामो किभले २–२ गोलको बराबरी खेले । यो खेलपछि म्यान्चेष्टर सिटी ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ ।

उता समूह बीको खेलमा टोटनह्यामले रेड स्टार बेलग्रेडलाई ५–० गोल अन्तरले हराउन सफल भएको छ । सन ह्युङ मिन र ह्यारीले केनले समान दुई तथा इरिक लामिलाले एक गोल गरे ।

समूह बीको अर्को खेलमा बायर्न म्युनिखले ओलम्पियाकोसलाई ३–२ गोल अन्तरले हरायो । यो खेलपछि समूह बीमा बायर्न ३ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । ४ अंक जोड्दै टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको रेड स्टारको ३ अंक छ । ओलम्पियाकोसको १ अंक मात्रै छ ।

च्याम्पियन्स लिगको समूह डीको खेलमा क्रिष्टियानो रोनाल्डोको टिम युभेन्ट्सले लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरले हरायो । पाउलो डाइबालाले युभेन्ट्सलाई दुई गोल दिलाए ।

अर्को खेलमा एथलेटिको मड्रिडले बायर लिभरकुजेनलाई १–० गोल अन्तरले हरायो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu