Connect with us
Kapilvast Forest

मेसीको कीर्तिमानमा बार्सिलोनाको जित

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तरगत गए राती भएको खेलमा बार्सिलोनाले स्लाभिया प्रागलाई २-१ ले पराजित गरेको छ।

बार्साको यस जितमा उसको स्टार स्ट्राइकर लियोनेल मेसीले कीर्तिमानसमेत बनाए।समूह एफु अन्तरगत भएको यस खेलमा मेस्सीले च्याम्पियन्स लिगमा लगातार १५ सिजनमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन्। च्याम्पियन्स लिगमा उनी यस्तो गर्ने पहिलो खेलाडी हुन्।

हिजोको खेलमा बार्सिलोनाले मेसीकै गोलमा अग्रता लिएको थियो। उनले खेलको तेश्रो मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
ब्रासिलोनाको सो अग्रतालाई प्रागले ५० मिनेटमा बराबरी गरेको थियो। प्रागका लागि सो गोल बोरिलले गरे।

त्यसपछि १-१ को बराबरीमा पुगेको खेलमा प्रागका खेलाडी ओलायिन्काले ५५ औं मिनेटमा आत्मघाती गोल गरेपछि नतिजा २-१ ले बार्सिलोनाको पक्षमा गयो।

जितसँगै बार्सिलोना आफ्नो समूहको शीर्ष स्थानमा रहेको छ। उसले ३ खेलबाट ७ अंक जोडेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu