Connect with us
Kapilvast Forest

‘…त्यसो नभए सरकार नै पुनर्गठन गर्नुपर्छ’

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सरकार पुनर्गठन नै गर्नुपर्ने बताउनु भएको छ ।वरिष्ठ नेता खनालले बुधबार तौलिहवामा आयोजित कार्यक्रममा त्यस्तो बताउनुभएको हो ।

‘सकेसम्म सरकारको कार्यशैलीको समीक्षा गर्दै यही सरकारलाई अगाडि बढानुपर्छ’ उहाँले भन्नुभयो, ‘त्यति गर्दा पनि भएन भने जनताको लोकप्रियताका लागि पनि सरकार नै पुनर्गठन गर्नुपर्ने हुन्छ ।’

पूर्व प्रधानमन्त्री खनालले अहिलेको संविधानबाट मुलुकलाई समाजवादसम्म पुर्याउन सकिने उल्लेख गर्नुभयो । ‘समाजसम्म पुग्न संविधानले ढोका खुला गरेको छ ’ उहाँले भन्नुभयो, ‘विकास आर्थिक समृद्धिको बाटोबाट मुलुकलाई समाजवादसम्म पुर्याउन सकिन्छ ।’

वरिष्ठ नेता खनालले ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको स्मरण गराउँदै समाजवादसम्म पुग्न सरकारले इमान्दार भएर काम गर्नुपर्ने बताउनु भयो । ‘मुलुकलाई समाजवादसम्म पुउर्याउन संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले इमान्दार भएर काम गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

नेता खनालले एमाले र माओवादी केन्द्रबीचको एकता कसैले फुटाउन नसक्ने विश्वास दिलाउनुभयो । ‘दुई पार्टीबीच राजनीतिक र सांगठनिक रूपमै एकता भएको छ’ उहाँले भन्नुभयो ‘पार्टी वैचारिक रुपमा एक भइसकेको छ, अब यो एकतालाई कसैले पनि तोड्न सक्दैन ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu