Connect with us
Kapilvast Forest

यस्तो बन्ने भयो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (फोटोफिचर)

२०७६, ७ कार्तिक बिहीबारमा प्रकाशित

भरतपुर । चितवनमा निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विस्तृत प्राविधिक प्रतिवेदन डिपिआरको खाका तयार भएको छ ।

२२ बिघा १६ कट्ठा पाँच धुरमा बन्न लागेको रंगशालामा ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने बताइएको छ ।

रंगशालाको क्रियटिभ डिजायन आर्किटेक्टस प्राली कम्पनीले नमूना तयार गरेको छ । कम्पनीले कमलको फूलसँगै नेपालीपन झल्कने गरी आधुनिक तवरको रङ्गशालाको नमूना तयार गरेको हो ।

रङ्गशालाको प्रवेशद्वारमा गौतमबुद्धको शालिक निर्माण गरिनेछ।भने भित्री भागमा परम्परागत कलात्मक शैली झल्कने बनाइने छ ।

रङ्गशाला निर्माणका लागि नक्साङ्कन गरिएको देखाइएको छ ।

धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले समयमा रकम जुटाउन सके २२ महिनाभित्रमा रङ्गशाला तयार हुने बताउनु भयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu