Connect with us
Kapilvast Forest

सामूहिक बलात्कारमा परेकी पूजा बोहरालाई ८ वर्षपछि न्याय

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

पुजा बोहोरा सामूहिक बलात्कार मुद्दाका अभियुक्त कसुरदार ठहरिएका छन् । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले कसुरदार ठहर्‍याएको हो ।

सर्वोच्चको न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयालको संयुक्त इजलासबाट पुनरावेदन अदालतको फैसला उल्टिएको हो । यस घटनामा दोषी ठहर भएका अम्बरराज अवस्थी र सागर भट्टले कति सजाय पाउछन् भन्ने बारे एक महिनाभित्र सजाय निर्धारण हुने छ ।

२२ फागुन ०६९ मा बैतडी जिल्ला अदालतका न्यायाधीश हिमालय राज पाठकले सामूहिक बलात्कार गरेको ठहर गर्दै दुवै जनालाई जनही १३ वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला गरेका थिए । तर, १५ वैशाख २०७१ मा पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।

यस मुद्दाको फैसला गर्नेमध्येका एक न्यायाधीश नरबहादुर शाही भने बर्खास्तीमा परिसकेको छन् ।

गोर्खा ब्रुअरी कम्पनीको कर विवादसम्वन्धि मुद्दामा कानुन मिचेर अन्तरिम आदेश दिएको भन्दै न्याय परिषद्ले उनलाई बर्खास्ती गरेको हो । परिषद्को अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले क्षेत्राधिकार बाहिरको मुद्दामा अन्तरिम आदेश दिएको भन्दै उच्च अदालत पोखराका न्यायाधीश त्रय जीवनहरि अधिकारी, रामचन्द्र यादव र शाहीमाथि छानविन गर्न परिषद्लाई निर्देशन दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu