Connect with us
Kapilvast Forest

कांग्रेसमा फेरि विवाद : विभाग थप्ने देउवाको प्रस्ताव

२०७६, ८ कार्तिक शुक्रबारमा प्रकाशित

विभागको संख्या बढाउने गरी सभापति शेरबहादुर देउवाले प्रस्ताव ल्याउने तयारी गरेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ।

बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा आसन्न उपनिर्वाचनका सम्बन्धमा छलफल गर्ने भनिए पनि सभापति देउवाले विभाग संख्या बढाउने प्रस्ताव बैठकमा राख्ने तयारी गरेका थिए।

सभापति देउवाको प्रस्तावमाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका थिए। पौडेल पक्षधर नेताहरू बैठकमा सहभागी नभएपछि सभापति देउवाले बैठक स्थगन गरेका हुन्। ‘पदाधिकारी बैठकमा भएका सल्लाहभन्दा फरक प्रस्ताव बैठकमा आउन थालेपछि बैठक बस्न सकेन,’ वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘किन उहाँहरूले एकपछि अर्को गरी फरक एजेन्डा ल्याउनुभयो, थाहा भएन।’ बुधबारको पदाधिकारी बैठकमा आसन्न उपनिर्वाचनमा उम्मेदवार चयन गर्न उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो। तर देउवाले पदाधिकारी बैठकमा भएको सहमतिबाहिर गएर विभागको संख्या बढाउने प्रस्ताव राखेपछि संस्थापनइतर नेताहरू चिढिएका हुन्।

सभापति देउवाले पार्टीमा पदाधिकारी संख्या बढेकाले विभाग पनि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। उनले थपिने विभागको संख्या उल्लेख भने नगरेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए। ‘अनायासै विभाग बढाउने कुरा सभापतिबाट आयो, अहिले भएकै विभाग गठन हुन नसकिरहेका बेला थप विभागको औचित्य के ? ,’ नेता पौडेलले भने, ‘विधानअनुसार नै विभाग गठन हुनुपर्छ भन्ने वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलाज्यूको भनाइ थियो।’ आजको अन्नपुर्णमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu